STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले फिर्ता लिए राजीनामा

Janjati Khabar – Janjati Khabar | २०८० माघ २२, सोमबार

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन् ।

चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् । ‘उहाँ (चन्दले) आफ्नो राजीनामा पत्र फिर्ता लिनुभएको छ,’ मानव स्रोत विभागका एक अधिकृतले भने। उनी काममा फर्के नफर्केको बारे भने मानव स्रोत विभागका ती अधिकारीले अनभिज्ञता प्रकट गरे ।  

‘राजीनामा फिर्ता लिनुभएको छ। अब काममा फर्किनुभयो कि केही दिन बिदामा बसेर काममा फर्किने भन्ने उहाँले निर्णय लिनुहुन्छ होला,’ ती अधिकृतको भनाइ छ।व्यक्तिगत कारण देखाउँदै चन्दले शनिबार राजीनामा दिएका थिए । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको सचिवालयबाट उक्त राजीनामा पत्र मानव स्रोत विभागमा पुगेको थियो । 

चन्दले राजीनामा दिएपछि प्रहरी महानिरीक्षक कुँवरले उनलाई छलफलका लागि बोलाएका थिए । चन्द गत वैशाख १३ गते यता विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारीमा थिए ।

Categorized in राष्ट्रिय