STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विभिन्न व्यक्तित्वहरुलाई 'नइ रजत महोत्सव पदक'

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आषाढ ८, बुधबार

नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका विभिन्न महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने निर्णय गरिएको छ ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले आगामी साउन ७ गते राजधानी काठमाडौँमा ‘नइ रजत महोत्सव पदक’ समर्पण गरिने निर्णय भएको हो ।

नइ प्रकाशनले नइ रजत महोत्सव (२०५२—२०७७) एक वर्षसम्म मनाएको थियो ।

वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको संयोजकत्वमा विशिष्ट ढङ्गबाट सो महोत्सव मनाइएको थियो । रजत महोत्सवका बीच कोरोना (कोभिड)को महामारीका कारण नइ प्रकाशनले आफ्नो रजत महोत्सव सोचे जस्तै भनौँ अथवा भव्य रूपमा चाहिँ मनाउन पाएन । तर पनि तत्कालीन समयसँग लुकामारी खेल्दै भए पनि सन्तोषजनक रूपमा नै नइ रजत महोत्सव मनाइएको थियो ।

नइ प्रकाशनबाट नइ रजत महोत्सवका अवसरमा एक लाख रुपियाँ राशिको ‘नइ रजत वर्ष शोध पुरस्कार’को पनि स्थापना गरिएको छ । राष्ट्रकवि डा.माधवप्रसाद घिमिरे, वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वरवल्लभ, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी तथा नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानबारे विद्यावारिधि गर्ने विशिष्ट शोधार्थीलाई शोधसँग सम्बन्धित व्यक्तित्वको नाउँ जोडेर ‘नइ रजत वर्ष शोध पुरस्कार’ समर्पण गरिने कुरा नइ प्रकाशनले जानकारी दिएको छ ।

यसै गरी नइ रजत महोत्सवका अवसरमा २०७८ साल असोज २३ गते प्रा.डा.वासुदेव त्रिपाठीलाई ‘महासमालोचक’को उपाधि र पाँच लाख रुपियाँ राशिका साथ ‘नइ रजत महोत्सव पुरस्कार’ले विभूषित गरिएको थियो भने विभिन्न क्षेत्रका ३७५ व्यक्तित्वहरुलाई  'नइ रजत महोत्सव पदक' प्रदान गरिने कुरा नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले बताउनुभएको छ ।

Categorized in साहित्य-कला