STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विद्यार्थीलाई कोरोना खोप दिन माघ १५ गतेदेखि पाँच दिन विद्यालय खोलिने

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ११, मंगलबार

माघ ११, काठमाडौं - विद्यार्थीहरूलाई कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउन सरकारले माघ १५ गतेदेखि पाँच दिन विद्यालय खोल्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ । पालिका र स्वास्थ्य सस्थासँग समन्वय गरेर खोप लगाइने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने तयारी सरकारको छ । कोरोना सङ्क्रमण बढेपछि सरकारले विद्यालय बन्द गरेको थियो ।

Categorized in शिक्षा