STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वासुदेव त्रिपाठीलाई महासमालोचकको उपाधि

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र २३, सोमबार

नइ प्रकाशनको रजत महोत्सवका अवसरमा प्रा.डा. वासुदेव त्रिपाठीलाई महासमालोचकको उपाधिसहित पाँचलाख रुपियाँ राशिको ‘नइ रजत महोत्सव पुरस्कार’ले विभूषित गर्ने निणर्य भएको छ ।

मोतीराम भट्टबाट थालिएको समालोचनाको परम्परालाई आधुनिक युगमा विविधतापूर्ण, बहुआयामिक र समन्वयवादी दृष्टिले गतिशील, समृद्ध र उन्नत तुल्याई एक युगकै केन्द्रीय प्रतिभाका रूपमा भूमिका खेलेवापत प्रा.डा.त्रिपाठीलाई महासमालोचकको सम्मानसहित पाँचलाख रुपियाँ राशिको ‘नइ रजत महोत्सव पुरस्कार’ले सम्मान गर्ने निणर्य भएको हो ।

‘नइ रजत महोत्सव’का अध्यक्ष वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

आजकै बैठकद्वारा प्रा.डा.उषा ठाकुर ‘नइ रजत महोत्सव’को उपाध्यक्षमा मनोनीत हुनुभएको छ । 

महासमालोचकको उपाधि समर्पण गरिने समारोहमा प्रा.डा. त्रिपाठीलाई देशदेशान्तरबाट सार्वजनिक अभिनन्दन पनि अर्पण गरिने छ ।

नइकै सिफारिस, पहल र अनुरोधमा नेपाल सरकारबाट डा.माधवप्रसाद घिमिरेलाई राष्ट्रकवि र  डा.सत्यमोहन जोशीलाई वाङमय शताब्दी पुरूषको उपाधि प्रदान गरेको हो ।

नइ प्रकाशनले आफ्नो स्थापनाको पच्चीस वर्ष पुरा भएको अवसरमा 'नइ रजतमहोत्सव' (२०५२-२०७७) मनाउने भएको छ । सोही सन्दर्भमा नइ प्रकाशनले वाङमय शताब्दी पुरुष सत्यमाेहन जाेशीको अध्यक्षतामा ‘नइ रजत महोत्सव’ समारोह समिति गठन गरेको छ भने समितिमा नइ प्रकाशनका पदाधिकारी र सदस्यहरू पदेन सदस्य रहने कुरा प्रकाशनले जनाएको छ ।

नइ प्रकाशनबाट ‘नइ रजत महोत्सव’ विभिन्न राष्ट्रमा समेत मनाउनका लागि सम्बन्धित राष्ट्रमा रही नेपाली भाषा साहित्यमा समर्पित स्रष्टाहरूमध्ये एक जनालाई साहित्यिक दूत (संयोजक) मा मनोनयन गरिने कुरा नइ प्रकाशन रजत महोत्सव समितिका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएको  छ ।

Categorized in साहित्य-कला