STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वल्र्ड नेवाः अर्गनाइजेशनको तीन दिने महाधिवेशन राजधानीमा

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १३, बुधबार

विश्व भरका नेवारहरुको अन्तर्राष्ट्रिय संगठन वल्र्ड नेवाः अर्गनाइजेशनको तेश्रो महाधिवेशन चैत १४ गतेदेखि १६ गतेसम्म राजधानीमा हुने भएको छ । सोही क्रममा विश्व नेवाः दिवस चैत १६ गते सनिबारका दिन काठमाडौंको बसन्तपुरबाट भव्य ¥याली आयोजना हुँदैछ । ज्यापु महागुथि काठमाडौं महानगर समितिले ६३ वटा टोलको विशेष छलफल कार्यक्रम आयोजना गरी वल्र्ड नेवाः अर्गनाइजेशनको तेश्रो महाधिवेशनको लागि सहयोग गर्ने जानकारी दिएको छ । काठमाडौं महानगर समितिका अध्यक्ष बाबुराजा महर्जनको सभापतित्वमा भएको सो छलफल कार्यक्रममा ज्यापु महागुथि केन्द्रीय समितिका अध्यक्ष लोककावि राजभाई जकःमि, विश्व नेवाः अधिवेशन आयोजक समितिका सदस्य तथा महागुथिका केन्द्रीय प्रथम उपाध्यक्ष सत्यनारायण डंगोल, ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंहले विश्वका नेवारहरु एकजुट हुन जरुरी भइसकेको कुरामा जोड दिँदै सांस्कृतिक ¥याली भव्य रुपमा सम्पन्न गर्न महागुथिले विशेष भूमिका खेल्ःनु पर्ने कुरामा जोड दिनुभयो । काठमाडौं महानगर समितिका उपाध्यक्ष ज्ञानबाबु सिंहले सञ्चालन गर्नु भएको उक्त छलफल कार्यक्रममा सचिव सानुबाबु प्रजापतिले स्वागत गर्नुभयो । सो भेलाले सांस्कृतिक ¥याली भब्य रुपमा सम्पन्न गर्नुका साथै उक्त ¥यालीमा ज्यापु समुदायका साथसाथै सम्पूर्ण नेवाः समुदायको बाजा सहभागी गराउने पनि जनाएको छ । साथै उपत्यकाका विभिन्न क्षेत्रबाट प्रतिनिधिमूलक सहभागीताका लागि पनि पहल गर्ने जनाएको छ ।
Categorized in अन्तर्राष्ट्रिय