STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वर्ल्ड नेवाः अर्गनाइजेशनको कार्यक्रममा विश्वभर नेपालभाषा जगेर्णा गर्न आह्वान

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १५, शुक्रबार

वर्ल्ड नेवाः अर्गनाइजेशनको तेस्रो महाधिवेशन आज शुक्रबार शताब्दी पुरुष डा. सत्यमोहन जोशीले पानसमा दीप प्रज्ज्वलन गर्नुभई कार्यक्रमको उद्घाटन गर्नुभयो ।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित उक्त उद्घाटन कार्यक्रममा नेपालको राष्ट्रिय गान र नेवाः राष्ट्रिय गानलाई सम्मान गर्दे कार्यक्रम संचालन गरेको थियो । यस्तै कार्यक्रममा नेवाः आन्दोलनका अभियन्ता पद्मरत्न तुलाधर, डा. कमलप्रकाश मल्ल र कवि नातिबज्र बज्राचार्यको सम्झनामा १ मिनेट मौनधारण गरी कार्यक्रम संचालन गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सत्यमोहन जोशीले भाषालाई जगेर्णा गर्नुपर्ने कुरामा जोड दिदैं विश्वभरका नेवार समुदायलय् आफ्नो मातृभाषालाई बचाइराख्न आह्वान गर्नुभयो ।

उक्त कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले तेस्रो महाधिवेशन सफलताको कामना गर्नुहुँदै नेवार समुदाय एकताको लागि वर्ल्ड नेवाः अर्गनाइजेशबाट योगदान हुने कुरामा विश्वास व्यक्त गर्र्नुभयो ।

त्यस्तै, कार्यक्रममा नेवाः अभियन्ता मल्ल के सुन्दरले संसारभरका नेवाः समुदायलाई संगठित गर्नको लागि अर्गनाइजेशको भूमिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा १० जना नेवाः अभियन्ताहरुलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरु जनकवि दुर्गालाल श्रेष्ठ, हितकरवीर सिं कंसाकार, मल्ल के सुन्दर, डा. महेशमान श्रेष्ठ, छत्रबहादुर कायस्थ, बैकुण्ठ मानन्धर, अमरिसलता राजभण्डारी, पुष्करलाल श्रेष्ठ, प्रेममान चित्रकार, अम्बिका श्रेष्ठ हुनुहुन्छ ।

उक्त कार्यक्रममा अर्गनाइजेशनको ‘हलिं नेवाः’ स्मारिका पुस्तिका तथा साहित्यकार शशीकला मानन्धरद्वारा लिखित ‘संकल्प’ पुस्तकको विमोचन कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले गर्नुभएको थियो ।

अर्गनाइजेशनको तेस्रो महाधिवेशन बृहत रुपमा सम्पन्नको कामना गर्नुहुँदै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शुभकामना व्यक्त गर्नुभएको उक्त कार्यक्रममा मेयर शाक्यले नेवाः समुदाय एकताको लागि तथा भाषा संस्कृतिको जगेर्णा हुनुपर्ने विचार राख्नुहुँदै संसारभरका नेवाः समुदायले उक्त अभियानलाइ सहयोग गर्नुपर्ने विचार राख्नुभयो ।

कार्यक्रमा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले तेस्रो महाधिवेशन सफलताको कामना गर्नुहुँदै शुभकामना व्यक्त गर्नुभयो ।

महाधिवेशनमा प्रमुख वक्ताको रुपमा नेवाः युवा अभियन्ता सुरेश किरण मानन्धरले नेवाः आन्दोलको स्थिति तथा नेवाः समुदायभित्र नौलौ समस्या आइरहेको साथैं उक्त समस्यालाई लिएर चाल्नुपर्ने आन्दोलनको अभिभारालाई लिएर मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापन अर्गनाइजेशनका बरिष्ठ उपाध्यक्ष दयारत्न शाक्यले गर्नुभएको थियो । साथै लोककवि राजभाई जकःमिले कविकेशरी चित्तरध हृदयको विषयमा कवितावाचन गर्नुभएको थियो ।

वर्ल्ड नेवाः अर्गनाइजेशका केन्द्रीय अध्यक्ष सिजन श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य अर्गनाइजेशनका नेपाल च्याप्टर कार्यवाहक अध्यक्ष शाक्य सुरेनले राख्नुभएको थियो भने कार्यक्रम महाधिवेशन आयोजक संयोजक पुष्करभक्त माथेमाले संचालन गर्नुभएको थियो ।

महाधिवेशनको उद्घाटन पछि शुक्रबार नै पहिलो दिनको बन्दसत्र कार्यक्रम संचालन भएको छ । उक्त बन्दसत्रमा महासचिव तथा कोषाध्यक्षको प्रतिवेदन, उक्त प्रतिवेदनलाई लिएर छलफल, त्यस्तै विधान संशोधन प्रस्ताव गर्ने कार्यक्रम राखेको छ भने आजै नेवाः अभियानमा युवा सहभागिता र नेवाः उद्यमशिलता विषयलाई लिएर अन्तरक्रिया कार्यक्रम पनि राखेको छ ।

Categorized in राष्ट्रिय