लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त
Janjati Khabar – Janjati Khabar | २०७९ पौष २७, बुधबार
काठमाडौं - लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन् ।
बुधबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष ५८ जना प्रदेश सभा सदस्यको समर्थनसहित दाबी पेश गरेका उनलाई प्रदेश प्रमुखले बहुमत पुगेसँगै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
गिरीले नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको दाबी पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए ।
८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए बहुमत सजिलै पुग्छ । बहुमतका लागि चाहिने भन्दा सांसद समर्थनसहित गिरीले बुधबार प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए।
Categorized in राजनीति

