STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लुम्बिनीलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न आग्रह

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर २२, शुक्रबार

लुम्बिनी,लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो छिमे छिरिङ, डा ल्हारक्याल लामाले लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय बुद्धिष्ट समुदायसँग आग्रह गर्नुभएको छ ।

भारतीय दूतावास, काठमाडौँ र लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा संयुक्तरूपमा आज आयोजित सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव विषयको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तीन जना बुद्ध क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध र शाक्यमुनि बुद्धको जन्मस्थल भएको तथ्य प्रमाणित भएको भन्दै बुद्धको पवित्र जन्मस्थल लुम्बिनी क्षेत्र बौद्ध अनुसन्धानको केन्द्र हुनुपर्ने धारणा राख्नुभएको हो ।

बुद्धको पवित्र जन्मस्थलबाट बौद्ध धर्मको सुरुआत भएको भन्दै उपाध्यक्ष डा लामाले विश्वकै शान्तिको स्रोत बुद्धको पवित्र जन्मभूमि लुम्बिनी रहेको समेत बताउनुभयो ।

बौद्ध शिक्षाको महत्व विश्वभर भएको र बुद्ध धर्म आस्था मात्रै नभएर दर्शन र सिद्धान्त रहेको जिकिर गर्दै उहाँले ‘बुद्ध शिक्षा मार्गदर्शक रहेको तथा यसको अनुशरण र परिपालना हुनुपर्नेसमेत बताउनुभयो ।

Categorized in राष्ट्रिय