STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लुम्बिनीमा माेदी : नेपाल-भारतबीच ६ बुँदे सम्झौता

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २, सोमबार

काठमाडौं - नेपाल र भारतबीच शैक्षिक र ऊर्जा क्षेत्रमा गरी ६ बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुई मुलुकबीच ६ बुँदे सम्झौता भएको हो ।

नेपाल र भारतबीच बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता भएको छ । यस्तै, भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने पनि सम्झौतामा हस्ताक्षर भएको छ ।

भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौं विश्वविद्यालय (केयू) बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ । यस्तै, काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) बीच सहयोगको सम्झौता भएको छ ।

यता, केयू र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि हस्ताक्षर भएको छ । ऊर्जा क्षेत्रमा भने अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतजुल जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनईए) बीच पनि सम्झौता भएको छ ।

Categorized in राजनीति