relans
ni new 83
nib 2082 5

लिपुलेकमा सडक निर्माण रोक्न नेकपाको आग्रह

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २८, आइतबार

काठमाडौं – नेपाली भूमिमा भारतले एकतर्फी रुपमा सुरु गरेको सडक निर्माण काय तत्काल रोक्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारत सरकारसमक्ष आग्रह गरेको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा जारी विज्ञप्तिमा भारतको यो कार्य दुई देशका सरकारले उच्च तहमा गरेको उच्चस्तरीय संयन्त्रमार्फत सीमा विवाद समाधान गर्ने सहमति विपरित रहेको जनाइएको छ । पार्टीले तत्काल सो क्षेत्रमा सडक निर्माण कार्य रोक्न र विषयलाई थप जटिल बनाउने गतिविधि रोक्न भारतलाई आग्रह गरेको छ । नेकपाले सीमा विवाद समाधान गर्नका लागि नेपाल र भारत सरकारलाई तत्काल कुटनीतिक पहल गर्न आग्रह पनि गरेको छ ।

सडक आफ्नै भूमिभित्रै : भारत

उता, भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले मिडियाले उठाएका प्रश्नको जवाफ दिँदै सडक उत्तराखण्डको पिथौरागढ जिल्लाभित्र पर्ने र उक्त सडक भारतीय भूमि भित्रै रहेको बताएका छन् । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार चीनको मानसरोवर जोड्ने गरी नेपाली भूभाग हुँदै जाने बाटोको उद्घाटन गरेका थिए । उक्त बाटो नेपालको कालापानी र लिपुलेक क्षेत्र हुँदै निर्माण गरिएको छ । उनले भारत कुटनैतिक वार्ताबाटै सीमा विवाद हल गर्न तयार रहेको बताएका छन् । भारतले कोरोना भाइरसको चुनौती सकिए लगत्तै दुई पक्षबीच वार्ताको मिति टुङ्गो लाग्ने जनाएको छ ।
Categorized in राजनीति
ppp 2