STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लिपुलेकबारे भारतसँग वार्ता गर्न कोरोनाको अन्तसम्म पर्खिन सक्दैनौं : सरकार

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३०, मंगलबार

काठमाडौं – लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएको विषयमा वार्ता गर्न नेपाल सरकारले कोरोनाको अन्त पर्खिन नसक्ने जवाफ फर्काएको छ । नेपाल सरकारले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा बनाएको सडकबारे भारतले कोरोनापछि वार्ता गर्ने भने पनि नेपालले वार्ताको लागि पर्खिन नसक्ने जवाफ फर्काएको छ । नेपालले भारतको यस कार्यमा आपत्ति जनाइसकेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनापछि वार्ता गर्न भारत तयार रहेको वक्तव्य हेरे पनि सरकार त्यतिसम्म पर्खिन नसक्ने बताएका छन् । समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतले भारतसँग भर्चुअल वार्ता गर्न सुझाएका थिए । यसमा भर्चुअल वार्ताको डाटा सुरक्षालगायतको प्रश्न उठ्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।
Categorized in राष्ट्रिय