STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लामो अन्तरालपछि जुनु श्रेष्ठको भिडियो एल्बम सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आश्विन १३, बिहिबार

नेपालभाषाको गीत संगीत क्षेत्रमा एक समय लोकप्रिय रहेकी गायिका जुनु श्रेष्ठ लामो समयको अन्तरालपछि पुनः यो क्षेत्रमा सक्रिय भएकी छिन् ।

लामो समयदेखि विश्राम लिई बसेकी श्रेष्ठले नेपालभाषाका गीतहरु लगाएत नेपाली भाषाका दुईवटा गरी कुल छ वटा गीतको भिडियो एल्बम सार्वजनिक गरेकी छिन् । 

जुन नामक म्युजिक भिडियो एल्बम काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

एल्बममा समावेश गीतहरूमा जि शाह, जनकवि दुर्गालाल श्रेष्ठ, बद्रि वेदना लगाएतका रचना छन् भने गोविन्द ह्युमत, दिपेन्द्र मान सिंह र अनिल शाही लगाएतको संगीत रहेको छ ।

ख्यातिप्राप्त अभिनेता मदनकृष्ण श्रेष्ठ र प्रसिद्ध गायक दिप श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा वरिष्ट गायिका संगीता राना प्रधान विशिष्ट अतिथीका रुपमा रहेका थिए ।

नेपालभाषा म्युजिक भिडियोका प्रथम निर्देशक एवं सिने पत्रकार विजयरत्न तुलाधर र साहित्य कला एवं चलचित्र विश्लेशक प्रकाश सायमिले सो कार्यक्रममा सार्वजनिक गरिएका गीतहरुमा समीक्षात्मक टिप्पणी गरेका थिए ।

 

Categorized in साहित्य-कला