ललिता निवास प्रकरणमा पक्राउ परेका ३ जना रिहा
Janjati Khabar – Janjati Khabar | २०८० आषाढ १२, मंगलबार
काठमाडौं - ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जना रिहा भएका छन् । मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसी रिहा भएका हुन् ।
प्रहरीले उनीहरुलाई कागज गराएर रिहा गरेको हो । स्टे–अर्डरमा पक्राउ नगर्न आदेश दिइएको अवस्थामा कागज गराएर छाडिएको बताइएको छ।
मंगलबार रिहा भएका तीन जनासहित ७ जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङदेखि पूर्वनिर्वाचन आयुक्त सुधीर शाहसम्म रहेका छन् ।
बालुवाटारस्थिति ललितानिवासको २९९ रोपनी जग्गामध्ये १ सय १४ रोपनी जग्गा हिनामिना भएको भनिएको छ ।
Categorized in अपराध-दुर्घटना

