STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ललितपुरमा मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आषाढ ७, मंगलबार

ललितपुर महानगरपालिका २० वडा युवा समितिको आयोजनामा एक हप्ते मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण हालै सम्पन्न भएको छ । ललितपुरको ख्वाय्बहीस्थित लोटस रिसर्च सेन्टरमा भएको यस प्रशिक्षणमा करिब २० जना युवाहरुको सहभागिता रहेको थियो ।

लोटस रिसर्च सेन्टरकै हलमा सोमबार आयोजना भएको समापन समारोह ललितपुर महानगरपालिका २० वडा अध्यक्ष चन्द्रलाल महर्जनको प्रमुख आतिथ्यमा भएको थियो । प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण पश्चात आफ्नो मन्तब्यका क्रममा वडाले भौतिक विकासलाई मात्रै प्राथमिकतामा नराखी वडाबासीको आर्थिक, सामाजिक एवं ब्यक्तित्व विकासलाई पनि उत्तिकै ध्यान दिने बताउनु भयो । यस प्रशिक्षणमा सहभागी सम्पूर्णमा मात्र एक साताको प्रशिक्षणले मन्तब्य तथा उद्घोषण कलामा देखिएको प्रगतिले आफू निकै प्रभावित भएको उहाँको भनाई थियो ।

कार्यक्रमका सभापति, नेपाली काँग्रेस २० वडा इकाई समिति सभापति तथा वडा सदस्य शैलेन्द्र शाक्यले प्रशिक्षणबाट प्रशिक्षार्थी तथा आयोजक निकै हौसिएको बताउँदै अबका दिनहरुको यस्तै प्रशिक्षणको आयोजना बृद्धि हुने बताउनु भयो । समारोहमा वडा सदस्यहरु गीता महर्जन, इकाई उपसभापति तथा प्रशिक्षण संयोजक रामगोपाल महर्जन, प्रशिक्षक सुरजवीर बज्राचार्यले आफ्ना मनका कुरा राखेका थिए भने प्रशिक्षार्थी सबैले आफ्नो अनुभव मन्तब्य राखेका थिए ।

वडा सदस्य मंगलदेवी नेपालीको पनि उपस्थिति रहेको सो समारोहमा अजय जोशीले स्वागत मन्तब्य राख्नु भएको थियो भने सानुदेवीम महर्जनले धन्यवाद ज्ञापन मन्तब्य राखेका थिए ।

प्रशिक्षण ललितपुर महानगरपालिका २० वडाको आर्थिक सहयोगमा भएको हो ।

Categorized in उपत्यका