ललितपुरबाट विप्लव समूहका विद्यार्थी नेता पक्राउ
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १२, शुक्रबार
काठमाडौं - प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एकजना विद्यार्थी नेतालाई ललितपुरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका ललितपुर जिल्ला उपाध्यक्ष निगम भनिने नरेन्द्रबहादुर भण्डारी छन् । उनलाई बालकुमारी क्षेत्रबाट पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएअनुसार विप्लव समूहका पर्चा टाँस्ने, समूहमा आबद्ध हुन स्थानीयलाई डर, त्रास देखाएर आतंकित बनाउने जस्ता कार्यमा भण्डारी संलग्न थिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
Categorized in राजनीति