STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लगानीसम्मेलन चितवनमा

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार

प्रदेश नं ३ मा लगानी भित्र्याउनका लागि आज र भोलि लगानीकर्तासँग बृहत् अन्तक्र्रिया कार्यक्रम गरिने भएको छ ।
प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले लगानी सम्मेलनकै ढाँचामा बृहत् कार्यक्रम गर्न लागेको हो । आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रलाई गुणस्तरीय पूर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच वटा क्षेत्रमा लगानी केन्द्रीकृत गर्न उत्प्रेरित गरिने बताउनुभयो ।
 
तीन नं प्रदेशमा सङ्घीय राजधानी रहेको भन्दै उहाँ देशको २१ प्रतिशत जनता यही क्षेत्रमा बसोबास गर्ने जानकारी दिनुभयो । अत्यधिक माग रहेको र साधन स्रोतको हिसाबले पनि सम्पन्न यस प्रदेशमा लगानीका धेरै अवसर रहेको उहाँले बताउनुभयो ।
 
कार्यक्रममा लगानीका क्षेत्रहरुलाई प्रस्ट्याइने बताउँदै उहाँले १३ जिल्लाका उद्योगी–व्यवसायी, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, राष्ट्रिय पूँजीपति तथा उद्योगपति छलफलमा सहभागी हुने जानकारी दिनुभयो ।
 
प्रदेश नं। ३ का विभागीय मन्त्रीहरुले आ–आफ्नो क्षेत्रको छलफलमा अध्यक्षता ग्रहण गरी गहिराइमा विज्ञहरुसहित छलफल गरिने पनि सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा पहिलो दिन दुई वटा कार्यपत्र र दोस्रो दिन विशेष क्षेत्रका विज्ञबाट पाँच वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।
 
मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले यो कार्यक्रमले निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्ने बताउनुभयो । लगानीकर्ताको सुरक्षा र सहजीकरण प्रदेश सरकारले गर्ने बताउँदै उहाँले ढुक्क भएर लगानी गर्न सक्ने वातावरण सिर्जना गरिने बताउनुभयो ।
Categorized in राष्ट्रिय