STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लगनमा आगलागी, एकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ५, शनिबार

काठमाडौँ,  कामपा–१२, लगनमा आज बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ । अमृतलाल श्रेष्ठ र अष्टनारायण महर्जनको संयुक्त नाममा रहेको घरमा बिहान ४ बजेतिर विद्युत् चुहिई आगलागी हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठका ४२ वर्षीय छोरा प्रवीणलाल सोही घटनामा घाइते भएका छन् । प्रहरीका अनुसार घरधनी सम्पर्कमा नआएका कारण के–कति क्षति भएको भन्नेबारे केही जानकारी प्राप्त हुन सकेको छैन ।

 
Categorized in अपराध-दुर्घटना