STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लक्ष्मण पोखरेलको संगीतमा उदितनारायण र दिपा झाको नयाँ गीत

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण २१, आइतबार

लामो समय पछि भारतमा प्रसिद्धि कमाएका गायक उदित नारायण झा र दिपा नारायण झाको  स्वरमा नयाँ नेपाली गीतको रेकर्डिङ सम्पन्न भएको छ । संगीतकार लक्ष्मण पोखरेलको संगीत रहेको "थाहा छैन आज भोली खै के के हुन थाल्यो” बोलको गीत मुम्बईमा रेकर्ड सम्पन्न भएको छ । चर्चित कवि तथा गीतकार सरला श्रेष्ठको शब्द रचना रहेको गीतको रेकर्डिङ मुम्बई स्थित कृष्ण अडियो स्टुडियोमा  साउनको उन्नाईस गते रेकर्ड भएको संगीतकार पोखरेलले बताएका छन् । मायाप्रेमको भाव समेटिएको गीतलाई मनोज चौलागाईले संगीत संयोजन गरेका छन भने अमिर शैखले गीतलाई रेकर्ड गरेका हुन् । किशोर थापाको  मिक्सिङ मास्टरीङ रहने गीतको छिट्टै म्युजिक भिडियो निर्माण गरिने गीतकार सरला श्रेष्ठले जानकारी गराएकी छन् । 

लामो समयको अन्तराल पछि नेपाली गीतमा उदित र दिपाको सदाबहार जोडिलाई नेपाली दर्शक श्रोता माझ ल्याउन पाएकोमा खुसी लागेको संगीतकार पोखरेल बताउछन् । गीतकार सरला श्रेष्ठसंग मिलन नेवारले गाएको "अधिकार बाँडिदेउ ” बोलको गीतमा सहकार्य गरेका पोखरेल यो गीतबाट निकै आशावादी रहेका छन् । नब्बेको दशकको मेलोडीलाई नया शैलीमा गीतलाई प्रस्तुत गरेको संगीतकार बताउछन् । 

यो गीतबाट गायक उदित नारायण र गायिका दिपा नारायण झा पनि एकदमै उत्साहित रहेको र नेपाली दर्शक श्रोताहरुले मनपराउनेमा आशाावादी रहेको कुरा संगीतकार पोखरेलले बताए । अहिलेका चर्चित र व्यस्त संगीतकारको रुपमा काम गरिरहेकका संगीतकार पोखरेल र गीतकार सरला श्रेष्ठको यो सांगीतिक सहकार्य नेपाली संगीतमा अर्को कोसेढुङगा बन्नेमा गीतकार श्रेष्ठ पनि आशावादी रहेकी छन् । नेपाली गीत संगीतको उत्थानमा निरन्तर लागि परेकी गीतकार श्रेष्ठ र संगीतकार पोखरेलको सहकार्यमा केहि गीतहरुको आउने तयारीमा रहेको छ ।

Categorized in साहित्य-कला