STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लकडाउनमा मानवीयता : भुस्याहा कुकुरलाई खाना

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १, सोमबार

ललेन्द्र शाक्य


कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउनको आज २० औं दिन हो । २० दिनमा मानिसहरु नै खाद्यान्नका लागि उथलपुथल वातावरणमा तनावग्रस्त भई यताउता भौंतारिरहेका छन् । कतिले सरकारसँग विभिन्न सामाजिक संघसंस्थाले वितरण गरिरहेको राहत लिइरहेका छन् भने कतिपय पसल खुल्ला छ कि छैन भनी खाद्यान्नको लागि कुदिरहेका छन् । लकडाउनको समय समाजका टोल गल्लीमा रहेका भुस्याहा कुकुरहरुको हालत पनि दयनीय बनेको छ । मानिसहरु बाहिर ननिस्किएपछि, पसलहरु बन्द भएपछि कुकुरहरुले पनि राम्ररी खान पाएका छैनन् । कतिपय कुकुहरु खाना नपाएर शिथिल भई दिनभर सुतिरहेका छन् । बिरामी जस्ता देखिन्छन् । कतिपय कुकुरहरु भने खानाको लागि भौंतारिरहेका र फोहर फालिएको ठाउँमा खाना खोजिरहेका छन् । भुस्याहा कुकुरहरुको यस्तो अवस्था देखेर सचेत युवा समुदायले मानिसहरुको भान्साबाट उब्रिएका र फालिने खानाहरु डस्टबिनमा नराखी कुकुरहरुलाई खुवाऊँ भन्ने भावना लिएर मानवीय कदम चालिरहेका छन् । यही क्रममा कीर्तिपुर नगरपालिका ८ वडाका एक युवा समूह पांगा कीर्तिपुर युवा समूहका युवाहरु मिलेर त्यस वडाका भुस्याहा कुकुरहरुलाई बिहान बेलुका खाना खुवाउने अभियानमा लागेका छन् । वडाका विभिन्न स्थानमा पुगी त्यहाँ भएका भुस्याहा कुकुरहरुलाई खाना खुवाउने र पानी पिलाउने कदम चालिरहेको जानकारी दिँदै पांगा कीर्तिपुर युवा समूहका एक सदस्यले वडाका स्थानीय एवं व्यापारीहरुको सहयोगमा यसप्रकार कुकुरहरुलाई खाना खुवाउने कार्यक्रम थालेको जानकारी दिएको छ । उनले आजभोलि कुकुरहरुलाई पनि खाना खुवाउन गाह्रो भएको जानकारी दिँदै कुकुरहरुले बिनामासु खाना नै नखाने भन्दै कुकुरहरुलाई मासु राखेर नै खाना खुवाइरहेको बताएको छ । पांगा कीर्तिपुर युवा समूह एक अनलाइन फेसबुक सामाजिक सञ्जाल पेज समूह भएपनि आजभोलि त्यस समुह अनलाइन फेसबुक सामाजिक सञ्जालमा अति नै लोकप्रिय बनेको छ । सामाजिक सचेतनादेखि समाज सुधारका कदम चाल्दै आएको सो समूहले यसप्रकार लकडाउनको समय मानिस जस्तै कुकुर पनि सामाजिक प्राणी हो भन्ने महसुस गरी यसप्रकार कुकुरहरुलाई खाना खुवाउने कार्यक्रम थालिएको भन्ने नै एउटा उल्लेखनीय एवं मानवीयताको कार्य हो भनी सचेत नागरिकहरुले महसुस गरेका छन् भने त्यो समूहले लकडाउन भएसम्म कुकुरलाई खानाखुवाउने अभियाने थालिने प्रयास हुनेछ भनेर पनि बताएका छन् । यसैगरी कुकुरलाई खाना खुवाउने अभियानमा कीर्तिपुर ९ वडा ध्वाकासी टोलका युवाहरुले पनि उक्त टोलमा रहेका भुस्याहा कुकुरहरुलाई बिहान बेलुका खाना खुवाउने अभियान थालेको छ । कुकुरलाई समाजको टोलको सुरक्षागार्डको रुपमा लिइएको छ । लकडाउनले जसरी मानिसहरुलाई खानामा समस्या ल्याएको छ, त्यसैगरी भुस्याहा कुकुरहरुलाई पनि खानपिनमा समस्या परेको छ । यही समस्यालाई महसुस गरी मानवीय भावनाले सचेत युवाहरुले यसरी कुकुहरुलाई खाना खुवाउने अभियान पनि एक उल्लेखनीय मानवीय कदम हो । लकडाउनमा कुकुरलाई मात्र हैन पंछिजनलाई समस्या परेको छ । यसरी पंछिजन्यमा खानपिनको समस्या परेको कारण सचेत नागरिकले पंछिजन्यको लागि पनि खाना राख्दै आएका छन् । लकडाउनको समय कोही पनि खाना खान नपाएकाहरुलाई खाना खुवाउनु ठूलो मानवीय धर्म जस्तो अरु कुनै धर्म छैन भनी यस्ता मानवीय सेवामा कदम चालिरहेकाहरुले आफ्नो विचार राखेका छन् ।
Categorized in विचार