STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लकडाउनमा नेवार अभिनेत्रीको विवाह

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ५, सोमबार

विजयरत्न असंबरे
काठमाडौं – नेवार फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री एवं मोडल रजनी खड्गी लकडाउनकै समयमा विवाह बन्धनमा बाँधिएकी छिन् । सुजन कपालीसँग खड्गी आइतबार विवाह बन्धनमा बाँधिएकी हुन् । ब्या यायेम्हा, पागलपन नेवार फिल्मका हिरोइन खड्गी टेलिभिजनमा प्रशारण हुने नेपालभाषाको टेलिभिसिरियल ‘समयबजि’मा पनि खेल्दै आइरहेकी छिन् । १० वर्षअघि ‘बांलाः मयजु’ नामक ब्युटी कन्टेस्टमा सहभागी भएपछि कला क्षेत्रमा प्रवेश गरेकी खड्गीले थुपै्र नेवार म्युजिक भिडियोमा मोडल भएर अभिनय गरिसकेका छन् । उनको ‘मुसुमु्सु न्हिला दः’ बोलको म्युजिक भिडियो लोकप्रिय रहेकोे छ । कलाकारिताका साथै सञ्चाल क्षेत्रमा भिडियोग्राफर र फोटोग्राफरको रुपमा स्थापित सुजन कपाली र रजनी खड्गी केही समयअघिदेखि प्रेमबन्धनमा थिए भने गत फागुनमै उनीहरुको इन्गेजमेन्ट भएको थियो । वैशाखको १४ गते अक्षय तृतीयाको दिन विवाहको मिति तोकिएको भए पनि लकडाउनको कारण जेठ ४ गते मात्र विवाह सम्पन्न भएको हो । विवाह समारोहमा वरवधुका घरपरिवारको मात्र संलग्नता थियो ।
Categorized in सिनेमा