STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लकडाउनमा अवधिभर ललितपुरमा घुम्ती पसल

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २०, बिहिबार

ललितपुर– लकडाउनको समय किराना पसलहरु बन्द भएको बेला ललितपुरमा घुम्ती पसल सञ्चालनमा ल्याइएको छ । ललितपुर बुद्ध जयन्ती कोषले विहीबार (चैत २० गते) घुम्ती पसल सञ्चालनमा ल्याएको हो । यसका लागि कोषले ललितपुर महानगरपालिका १६ सँग सहकार्य गरेको छ । घुम्ती पसल नकबहिलबाट शुरु गरिएको थियो । त्यसपछि धलायचामा राखियो । किन्न आउनेहरू धैरै भएकाले कोबहालमा पसल राख्न बिहीबार भ्याएन । पसलबाट प्रति परिवारले चामल बढीमा १० केजी, दाल ५ केजी, तेल ५ लिटर, पिठो (आँटा) १० केजी, चिउरा १० केजी र चिनी ५ केजीसम्म किन्न सकिने व्यवस्था गरिएको थियो । तीसामग्री पसलको साविकको मूल्यभन्दा २० प्रतिशत छुटमा बिक्री गरिएको छ । दुई ठाउँबाट ३ सयजनाले खाद्य सामग्री खरिद गरेको कोषका अध्यक्ष धर्मबहादुर शाक्यले जानकारी दिएका छन् । ‘लकडाउनमा खाद्यान्न अभाव हुन नदिन सुपथ पसल सञ्चालन गरेका हौं,’ अध्यक्ष शाक्यले बताएका छन् । पसलबाट खाद्य सामग्री सहज रुपमा बिक्री गर्न १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यको अगुवाइमा १५ जना स्वयंसेवक दिनभर खटिएका थिए । खाद्य सामग्री किन्न आउने प्रत्येकलाई एक मिटरको सामाजिक दूरीमा राख्न र टोकन दिन स्वयंसेवकहरुले सघाएका थिए । सर्वसाधारण खाद्य सामग्री सहज रुपमा किन्ने व्यवस्था मिलाउन वडाको आग्रहमा सो व्यवस्था मिलाइएको वडाअध्यक्ष शाक्यले बताउनुभयो । वडाअध्यक्ष शाक्यले बताए, ‘घुम्ती पसल लकडाउन अवधिभर सञ्चालन हुनेछ ।’ शुक्रबार कोबहाल, मंगलबजार, ओकुबहाललगायत विभिन्न स्थानमा पसल सञ्चालन गरिने कोषले जनाएको छ । यसअघि राष्ट्रिय उपभोक्ता मञ्चले ललितपुर महानगरपालिका–११ मा सुपथ पसल सञ्चालन गरेको थियो ।
Categorized in उपत्यका