STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रोकी राखेको बसमा अज्ञात समूहद्वारा आगजनी

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ११, सोमबार

दाङ - दाङको तुलसीपुरको कालाखोलामा रोकी राखेको बसमा अज्ञात समुहले गएराति आगजनी गरेको छ ।

घोराही–तुलसीपुर सडक खण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा बसमाथी आगजनी भएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालका अनुसार रा १ ख १८९२ नम्बरको बसमा राती २ बजे सो समुहले आगो लगाएको हो ।

प्रहरी राती नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न व्यक्तहरुको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध-दुर्घटना