STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रेडियो नेसनद्वारा समाजसेवी क्याप्टेन फिजुनाथ नेपाली सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख २१, बिहिबार

एफएम रेडियो जगतमा चर्चित स्टेशन रेडियो नेसन १०३.९ मेगाहर्जले वरिष्ठ क्याप्टेन तथा समाजसेवी फिजु नाथ नेपालीलाई सम्मान गरेको छ ।

आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा रेडियो नेसनले नेपाली वायुसेवा क्षेत्रको उत्थान, सम्बद्र्धन र विकासका साथै अन्य सामाजिक कार्यमा गरेको योगदानको कदर गर्दै ललितपुर सानेपा निवासी नेपालीलाई सम्मान गरेको हो । कार्यक्रममा उपस्थित ललितपुर महानगरपालिका वडा नंं २ का वडा अध्यक्ष राजेश कुमार महर्जन, वडा नंं ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जन, वडा नंं १३ का वडा अध्यक्ष गणेश केसी र नेसन मिडिया ग्रुपका अध्यक्ष अमर अधिकारीले संयुक्तरुपमा दोसल्ला र सम्मानपत्रबाट क्याप्टेन नेपालीलाई सम्मान गरे । 

No description available.

रेडियो नेसनका प्रबन्ध निर्देशक पुरुषोत्तम बस्नेतले स्वागत मन्तव्य राख्ने क्रममा रे नेशन को वार्षिकोत्सवका अवसरमा अब सधैं एक जना समाजसेवीलाई सम्मान गर्ने लक्ष्य लिइएको र सुरुवात क्याप्टेन फिजु नाथ नेपालीबाट गरेको बताए । कार्यक्रममा रेडियो ब्रोडकास्टर्स फोरम नेपालका अध्यक्ष आरके श्रेष्ठ, पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले रेडियोको समस्या तथा समाधानका उपायबारेमा चर्चा गरे । 

वार्षिकउत्सवका अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा श्रमिका गजुरेललाई नगद १० हजार रुपिंया सहित पुरस्कृत गरिएको थियो । साथै सबै कार्यक्रम सञ्चालक तथा कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । 

रेडियो नेसनले २०७६ वैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नयाँ व्यवस्थापन सहित जावलाखेलमा प्रसारण केन्द्र स्थापना गरी औपचारिक रुपमा प्रसारण सुरु गरेको थियो ।  रेडियो नेसन बिहान ५ देखि राती ११ बजेसम्म दैनिक १८ घण्टा प्रसारण हुन्छ भने हरेक दिन विहान ९ बजेको समाचार पछी एक घण्टा नेपालभाषाको कार्यक्रम पनि प्रसारण हुँदै आएको छ ।

Categorized in साहित्य-कला