STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २१, शनिबार

एजेन्सी - युक्रेनमाथि आक्रमण गरेको दसौँ दिनमा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले शनिबार युद्धविराम घोषणा गरेको हो ।

युक्रेनका दुई शहर मरियपोल र भोल्नोवाखाबाट सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ निस्कनका लागि अस्थायी युद्धविराम घोषणा गरिएको रुसले जनाएको छ ।

युक्रेन र रुसका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि करिडोर खुला गरिने सहमति भएको थियो ।

रुसी रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनी सहरहरूलाई निसानामा नराखेको पनि दाबी गरेको छ । रुसले घोषणा गरेको युद्धविरामबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय