STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रुपन्देही मोतिपुरको झडपमा गोली लागेर चारजनाको मृत्यु, परिस्थिति नियन्त्रणमा लिन कर्फ्यू लगाइयो

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन २४, आइतबार

काठमाडौं - रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कबब्जा गर्ने समूह र प्रहरीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार झडपमा घाइते भएका कपिलवस्तुको बाणगंगा नगरपालिका १० का ४८ वर्षीय रमेश परियारको भैरहवाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुने अन्य तीन जनाको पहिचान भएको छैन् । यस्तै झडपमा परी २५ जना वढी घाईते भएका छन् । सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

Categorized in राष्ट्रिय