STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रुकुम घटना छानबिन गर्न संसदीय विशेष समिति गठन

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २३, शुक्रबार

काठमाडौं । संसदले रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । संसदको शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् । प्रेम सम्बन्ध र विवाहको सन्दर्भमा जाजरकोटक भेरी नगरपालिका ४ रानागाउँका नवराज वि.क.लगायत उनका साथीहरुको दलित भएकै कारण भएको सामूहिक हत्याको घटनालाई लिएर चाैतर्फी घोर निन्दा एवं भत्र्सना भइरहेकाे छ । विभिन्न संघसंस्था, मानव अधिकारवादी तथा दलित नागरिक अभियानले छुटाछुट्टै रुपमा विरोध प्रदर्शन गरिरहेका छन् । जाजरकोटका नवराज विक लगायतको हत्यामा संलग्नलाई कारवाही र छानविनको माग गर्दै  विरोध प्रदर्शन भइरहेका छन् ।
Categorized in राष्ट्रिय