STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले चयन, सहमहामन्त्रीमा सुमना श्रेष्ठ

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर १३, बुधबार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ ।

महोत्तरीमा बसेको बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो । यस्तै, रास्वपाले दुई जना सहमहामन्त्री थपेको छ । सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् ।

संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य बनाएको छ ।  पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ संगठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए।

यस्तै रास्वपाले तीन जना सहप्रवक्ता थपेको छ। मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं सहप्रवक्ता बनेका छन्।

यसैगरी, पाँच जना केन्द्रीय सदस्य थपिएका छन्। 

अनिल केशरी शाह, राजन गौतम, डा. नन्दन यादव (महोत्तरी), पुकार बम र कामिनी चौधरी केन्द्रीय सदस्य बनेका छन् ।  

Categorized in राजनीति