Header Ad
janswastha 11 11 78
STC 810x100 adv

राष्ट्रिय समाबेशी म्युजिक अवार्डमा नेपालभाषाका लगायत उत्कृष्ट ४२ विधामा अवार्ड प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण २९, सोमबार

विभिन्न भाषाका गीतलाई समेटेर आयोजना हुँदै आएको नेपालको पहिलो समाबेशी अवार्ड राष्ट्रिय समाबेशी म्युजिक अवार्ड –२०७९ को छैटौं संस्करण आईतबार ललितपुरको पुल्चोक स्क्वायर होटलमा भव्यताका साथ सम्पन्न भएको छ ।

संघीय मामला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यता तथा पूर्व सभामुख चित्रलेखा यादवको आतिथ्यतामा सम्पन्न सो अवार्ड समारोहमा विभिन्न ४२ विधामा अवार्ड प्रदान गरियो ।

कार्यक्रमको उद्घाटन गर्दै संघीय मामला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदीले नेपाली मौलिक लोक संगीतको संरक्षणले हाम्रो मौलिक संस्कृति जोगिने बताए । उनले यस्ता सम्मान तथा अवार्डले कलाकारहरुलाई प्रेरणा मिल्ने भनाई सो कार्यक्रममा राखे ।

कार्यक्रममा अवार्डसँगै विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरियो । नेपाली संगीत क्षेत्रमा अढाई दशकभन्दा लामो योगदानको लागि चर्चित सेलो गायक चन्द्रकुमार दोङलाई रजतसम्मानबाट सम्मानित गरियो ।

यस्तै बिगत तीन दशकदेखि रँगपत्रकारितामा सक्रिय कामना सिनेमासिकका सम्पादक बिदृुर गिरीलाई यो वर्षको पिम नेपाल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो । उनलाई नगद सहित यो पुरस्कार प्रदान गरिएको थियो ।

सो कार्यक्रममा साँफेबगर आछामका मेयर राजेन्द्रबहादुर कुँवर, काभ्रेको भुम्लु गा.पा.का उपाध्यक्ष जितेन्द्रमाना तामाङ, गायिका केन्जुमा सुब्बा, संगीतकार शँकर थापा स्माईल लगायतलाई पनि सम्मानित गरियो । उनीहरुलाई मन्त्री अमनलाल मोदी, पूर्व सभामुख चित्रलेखा यादब, अग्रज अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैतदेवी सिंह, कार्यक्रम सभापति शान्तिप्रिय आयोजक संस्थाका अध्यक्ष एवम चलचित्र निर्देशक माधवराज खरेल, कार्यक्रम संयोजक कमला जोशीलगायतले सम्मान प्रदान गरे ।

कार्यक्रममा उत्कृष्ट ४२ विधामा अवार्ड प्रदान गरियो । जस अन्तर्गत पप आर्टिष्टको अवार्ड विक्रम गौतम र दशकको गायकको अवार्ड पिरतीको तालमा गीतबाट हरि कुमार कर्माचार्यले हाँसिल गरे ।

आधुनिक विधा तर्फ उत्कृष्ट आधुनिक गायकको अवार्ड अभिनय यादवले र गायिकाको अवार्ड बेनिशा पौडेलले प्राप्त गरे । सोही कार्यक्रममा वर्षको पपुलर गायकको अवार्ड धोकेबाज गीतबाट शिव परियारले हासिल गरे ।

समाबेशीतर्फ विभिन्न भाषाको गीतका कलाकारले अवार्ड जितेका छन् । जस अन्तर्गत उत्कृष्ट मौलिक भाषाभाषी गीत गायन अवार्ड सामसोधा मुन्धुम (लिम्बु)बाट झुमा लिम्बुले हासिल गरिन् । मौलिक भाषाभाषी गीतको अवार्ड तामाङ गीतबाट अनु लामाले, डेउडा भाका गीतको अवार्ड दिपा रोकायाले, डेउडा भाका गीत गायिका जुरी अवार्ड शान्ति शाही चन्दले, डेउडा भाका भिडियो अवार्ड एलपि शर्माले, डेउडा भाका भिडियो पब्लिक च्वाईस अवार्ड जनक सिंहले प्राप्त गरे ।

उत्कृष्ट काठे भाका गीतको अवार्ड अमृत खातीले, काठे भाका गायनको अवार्ड फुल फुल्यो अमलाबाट नमराज ढुँगानाले उत्कृष्ट नेपालभाषा गीतको अवार्ड प्रकाशदिप श्रेष्ठले नेपालभाषा गायनको अवार्ड राजेन्द्र डंगोलले, तामाङ भाषा उत्कृष्ट गीतको अवार्ड मदन घ्लानले, तामाङ भाषा म्युजिक भिडियो पुरुष मोडलको अवार्ड सागर घिसिङले जिते ।

सो कार्यक्रममा मैथिली भोजपुरी तर्फ उत्कृष्ट गीतको अवार्ड विद्यानन्द बेदर्दीले, मैथिली/भोजपुरी भाषा तर्फ र्नै उत्कृष्ट गायन अवार्ड बिरेन्द्र झाले, यही विधामा पुरुष मोडलको अवार्ड बिक्रम गुप्ताले र महिला मोडलको अवार्ड मेनुका माझीले पाए ।

नेपाली सहित विभिन्न भाषाका गीत संगीतको विकाश र प्रोत्साहनका लागि ६ वर्षदेखि यो अवार्ड आयोजना गर्दै आएको पिम नेपालका अध्यक्ष माधवराज खरेलले कार्यक्रममा बताए ।

अवार्डको निर्णायकमा संगीतकार जुगल डंगोल, गीतकार भरत बम्जन, मोडल सनम कठायत, भिडियो निर्देशक कल्याण अधिकारी, चलचित्र/ भिडियो छायाँकार कृष्णबहादुर थापा, गायक ओम सुनार, संगीतार योगेन्द्र उपाध्याय, गायिका कालिका रोक्कालगायत रहेका थिए ।

Categorized in साहित्य-कला
Newa Online Adv