STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकले राजीनामा दिने

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १०, आइतबार

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । उनले आईतबार फेसबुकमा एक स्टाटस लेख्दै राजिनामा दिने घोषणा गरेका हुन् ।

अलमुताइरीले राजीनामा दिने पर्ने कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ भएको सामाजिक सञ्जालमा लेखेका छन् । उनले आफू राजीनामा दिन जान लागेको र त्यसको कारण नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको लेखेका छन् ।

Categorized in खेलकुद