STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन आह्वान, उत्कृष्टले नगद एक लाख पाउने

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ३१, सोमबार

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला गरेको छ ।

क्यान र एमएसटीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएका हुन् । डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडी र पछाडीको भाग दुबैलाई ध्यानमा राखेर डिजाइन गर्नुपर्ने हुन्छ ।

डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्न पर्ने हुन्छ ।

डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्न पर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को नियम अनुसार नै डिजाइन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । उत्कृष्ट डिजाइन बनाउनेले पुरस्कार स्वरुप नगद एक लाख रुपैयाँ पाउने छ ।

जर्सीको डिजाइन यही जुन १७ तारिखसम्म क्यानको अफिसियल इमेल info@cricketnepal.org मा पठाउनुपर्नेछ । छनोट समितिमा क्यानकोतर्फ दुई जना र एडप्याडको तर्फबाट एक जना सम्मिलित हुने छन्।

नेपालले जुलाईमा विश्वकप लिग २ अन्तर्गत स्पेनमा आयोजना हुने स्कटल्याण्ड र नामिबियासँग प्रतिस्पर्धा गर्दै छ ।

Categorized in खेलकुद