STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपति लगायतले दरबार क्षेत्रमा सवारीसाधन प्रवेश नगराएकोमा मेयर बालेन आभारी

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन १२, शुक्रबार

काठमाडौं- राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरूले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा सवारीसाधन प्रवेश नगराएकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आभार प्रकट गरेका छन् ।

बिहीबार इन्द्रजात्रामा उपस्थित राष्ट्रपति रामचन्द्र पौडेल लगायत भीभीआईपीहरूले जुद्ध शालिकदेखि गद्दी बैठकसम्म पैदल यात्रा गरेका थिए । काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा सवारीसाधन निषेध गरेको छ ।

त्यस विषयमा बिहीबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले सवारीसाधन प्रवेश नगराएकोमा आभार प्रकट गरेका हुन् । यसले विशिष्ट अतिथिहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने उनको भनाई छ । 

 

 

Categorized in उपत्यका