STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ३, आइतबार

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश खारेज गरेकी छिन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को शनिबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।

शनिबार बसेको देउवा सरकारको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । उक्त सिफारिस अनुरुप राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदको सिफारिस अनुसार अध्यादेश खारेज गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का कायम रहेका सदस्य मध्ये उपस्थितको बहुमतले संवैधानिक निकायमा नियुक्त गर्न सक्ने गरि अध्यादेश ल्याएको थियो।

संविधानअनुसार प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‍मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रमुख विपक्षी दलका नेता सदस्य रहन्छन् । उपसभामुख पद लामो समयदेखि रिक्त छ । पुनःस्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठकमा उक्त अध्यादेश पेस गर्न खोज्दा नेपाली कांग्रेस, नेकपाको प्रचण्ड-माधव पक्षले त्यसको विरोध गर्दै सदन अवरुद्ध र बहिष्कार गरेको थियो ।

अध्यादेशविरुद्ध सभामुख अग्निप्रसाद सापकोटा आफै उपस्थित भएर अदालतमा रिट दायर गरेका थिए । अध्यादेशका आधारमा गरिएको संवैधानिक नियुक्तिका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ ।

Categorized in राजनीति