STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ३, शुक्रबार

काठमाडौं - प्रतिनिधिसभाबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट बिहीबार जस्ताको तस्तै पारित भएको हो।

प्रतिनिधिसभामा विधेयकमाथि मतदान हुँदा प्रस्तावको पक्षमा १३५ मत र प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएराए । मतदानको पक्ष र विपक्षमा मतदान गर्नका लागि १९५ सांसद बैठकमा उपस्थित भएका थिए ।

प्रतिपक्षी नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतदान माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सदनमा मतदानका लागि जानकारी गराएका थिए ।

Categorized in राजनीति