STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपतिबाट दुई दर्जन स्रष्टालाई नातिकाजी राष्ट्रिय सम्मान र पुरस्कार प्रदान

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २०, मंगलबार

विजयरत्नलाई कला पत्रकारिता पुरस्कार

संगीत महर्षीका रुपमा परिचित शिखर पुरुष नातीकाजी को जन्म स्मृति दिवस(पुष३)को अवसर पारेर नातिकाजी स्मृति समाजद्वारा संगीत र कला क्षेत्रमा समर्पित विभिन्न विधाका स्रष्टा र सर्जकहरूलाई  दिइने घोषणा गरिएको नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार सोमबार राष्ट्रपति भवनमा सम्पन्न भव्य समारोहमा प्रदान गरिएको छ ।

नातिकाजी स्मृति समाजको आयोजनामा सम्पन्न समारोहमा सम्माननीय राष्ट्रपति विद्या भण्डारीबाट   दुई दर्जन  भन्दा बढी स्रष्टालाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । अायोजक संस्था नातिकाजी स्मृति समाजका संगीतज्ञ शम्भुजित बासकोटा को सभापतित्वमा भएको सो समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती विशेष अतिथीका रुपमा उपस्थित रहनु भएको थियो ।

सो समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान तर्फ गायन विधामा नुपुर बनर्जी भट्टाचार्यलाई प्रदान गरिएको छ । यसैगरी नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान बिबी थापा (रचना), नारायणदास कार्की ढली (वाद्यवादन), शिला पन्त (रचना), सीताराम पोखरेल (गायन/रचना), प्रदीप उपाध्याय (साउन्ड इन्जिनियर), कुन्ती मोक्तान (गायन), प्रभु ढकाल (शास्त्रीय संगीत), हरिभक्त बुढाथोकी (रचना), राजकुमार श्रेष्ठ (अर्केस्ट्रा/संगीत), शीतल कादम्बिनी (रचना) र सहदेव ढुंगाना (रचना) लाई प्रदान गरिएको छ ।

यसैगरी, नातिकाजी राष्ट्रिय संगीत पुरस्कार अरुण तिवारी (रचना), सन्तोष श्रेष्ठ (संगीत), निशा देसार (गायन) र शिव परियार (गायन) लाई प्रदान गरिएको छ । नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार डिपी दाहाल (रचना), अर्जुन पोखरेल (संगीत), सिन्धु मल्ल (गायन), अजर जंगम (गायन) तथा नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार अमृतहिरा तुलाधर योगी (सितार) लाई प्रदान गरिएको छ । 

नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार एलिस कार्की ढली, नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कार कृष्ण कँडेल तथा नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार   विजयरत्न तुलाधर र दिवाकर मैनाली लाई दिइएको छ । संगीतकार नातिकाजीको ९७औँ जन्मदिनको अवसर पारेर सम्मान र पुरस्कार घोषणा गरिएको समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले जानकारी दिए ।

Categorized in साहित्य-कला