STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपतिबाट गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुख नियुक्त

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २०, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुख नियुक्त गरेकी छिन् ।

सरकारको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सूदुरपश्चिमकी शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै मन्त्रिपरिषद् बैठकले पौडेललाई गण्डकी र यादवलाई सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेकोल थियो ।

नवनियुक्त गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ केहीबेरमा राष्ट्रपति भवन शीतलनिवासमा हुँदै छ ।

Categorized in राजनीति