STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपतिद्वारा भूकम्पमा परी घाइते भएकाको उपचारमा ध्यान दिन आग्रह

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक २२, बुधबार

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको उपचारमा ध्यान दिन आग्रह गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उनले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत घाइतेप्रति ध्यान दिन तथा प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गरेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले घाइतेको उपचार प्रक्रियालाई सहज एवं प्रभावकारी बनाउन, उनीहरूको उपचारमा संवेदनशील बन्न सरकारको तर्फबाट हरसम्भव प्रयास हुनुपर्नेमा जोड दिएका थिए ।

जाडोयामको प्रारम्भ अन्य रोगको प्रकोप बढ्नसक्ने भएकाले त्यसतर्फ पनि चनाखो हुन राष्ट्रपतिले मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका थिए ।

Categorized in राष्ट्रिय