STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपतिद्वारा औषधि अध्यादेश जारी

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर ४, बिहिबार

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

सो अध्यादेश आएपछि मुलुकका कोभिड–१९ विरुद्धको खोप ल्याउन सहज हुने जनाइएको छ ।

Categorized in राजनीति