STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रामकृष्ण खड्गीले पुनः बुद्धकालीन चलचित्र बनाउने

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २, बिहिबार

नेपालभाषा चलचित्रको इतिहासमा बेजोड चलचित्रको रुपमा देखिएको बुद्धकालीन चलचित्र ‘पटाचारा’का लेखक तथा निर्देशक रामकृष्ण खड्गीले पुनः बुद्धकालीन कथामा आधारित भएर ‘कर्म’ बनाउने भएको छ । बुधबार बिहान एपी वन टेलिभिजन कार्यालयको हलमा भएको एक कार्यक्रममा सो चलचित्रको शुभमूर्हत गरेको हो । जनकवि दुर्गालाल श्रेष्ठ र हाँश्यकलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख अतिथिमा भएको शुभसाइत कार्यक्रम गुण सिनेमाका संयोजक राजेन्द्र (दिजेन्द्र) शाक्यको सभापतित्वमा भएको हो । ‘कर्म’ चलचित्रको शुभमूर्हत कार्यक्रममा प्रमुख अतिथि हांश्य कलाकार मदनृष्ण श्रेष्ठले साइतको निर्देशन गर्नु भएको थियो भने अर्का प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठले क्यामेराको स्वीच अन गर्नुभयो । सभापति गुण सिनेमाका संयोजक दिजेन्द्र शाक्यले साइतको नरिवल फुटाउनु भएको सो कार्यक्रममा कलाकार कर्मा शाक्य र आशिष्मा नकर्मिले साइतको साइटको दृष्यको लागि अभिनय गर्नु भएको थियो । सो कार्यक्रममा निग्रोध भन्तेले पञ्चशील प्रार्थना गर्नु भएको थियो । कार्यक्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरे, चलचित्रका निर्देशक रामकृष्ण खड्गी लगायत जनकावि दुर्गालाल श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।
Categorized in सिनेमा