relans
ni new 83
nib 2082 5

राजोपाध्याय समाजको छैटौं साधारणसभा सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २५, आइतबार

काठमाडांै– काठमाडौंका राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजको छैटौं साधारणसभा एक सम्मान कार्यक्रमसहित सम्पन्न भएको छ । लामो समयदेखि धर्म, संस्कृति, परम्पराको अध्ययन एवं अनुसन्धानमा योगदान दिनुहुने संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायलाई उक्त कार्यक्रममा सम्मान गरिएको थियो । यसैगरी देश तथा विदेशमा समेत राजोपाध्यायहरुको नाम राख्न सफल बास्केटबलका राष्ट्रिय खेलाडी सुब्रत राजोपाध्यायलाई पनि सम्मान गरिएको थियो । सम्मानित दुवैलाई समाजका अध्यक्ष अमरराज राजोपाध्यायले दोसल्ला ओढाएका थिए भने तथा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले सम्मान पत्र दिएका थिए । सोही कार्यक्रममा २०७५ सालको एसइई परीक्षा उत्तीर्ण हुने राजोपाध्याय विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । समाजका मुख्यसचिव विराजकाजी राजोपाध्यायले वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष जयन्ती राजोपाध्यायले आर्थिक प्रतिवेदन पेश गरेका थिए । समाजका निवर्तमान अध्यक्ष वदन ज्वालानन्द राजोपाध्यायले गीत प्रतियोगिताको अडिसनमा नाम निकाल्न सफल हुनेहरुको नामावली पनि सार्वजनिक गरेका थिए । कार्यक्रममा सम्मानित महेश्वर जुजु र सुब्रत राजोपाध्याय, समाजका अध्यक्ष अमरराज राजोपाध्याय, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरज वज्राचार्य, ज्यापु समाजका सचिव सरिता महर्जन, राजकर्णिकार समाजका अध्यक्ष सुवर्णराज राजकर्णिकार तथा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले आ–आफ्ना मन्तव्य राखेका थिए ।
Categorized in उपत्यका
ppp 2