STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

राजविराजमा हनुमानजयन्ती

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार

श्रीरामभक्त हनुमानका भक्तले आज राजविराजमा हनुमान जयन्ती मनाएका छन् । मारवाडी युवा मञ्चको अगुवाइमा भएको कार्यक्रममा सयौंँ भक्तले दिनभरि हनुमानको पूजाराधना गरी भजन, कीर्तन र नृत्य गरेर हनुमानजीको जन्मोत्सव मनाएका हुन् । प्राचीन हनुमान मन्दिरबाट रथसहित हातहातमा झण्डा लिएर निस्किएको जुलुसले नगर परिक्रमा गरी चकलेट र मिठाइ बाँड्दै शुभकामना आदानप्रदान गरे । हिन्दू तथा जैन धर्मावलम्बी मारवाडी समुदायले हनुमान मन्दिरमा आरती, हवन र पूजार्चना गर्नाका साथै सवा मनको बुनियाको भोग लगाएका छन् । पछिल्लो केही वर्षदेखि हनुमान मन्दिरमा हनुमान जयन्ती मनाउन थालिएको र वर्षेनी भक्तको सङ्ख्या वृद्धि भइरहेको मनोज मुन्धडाले बताउनुभयो । मुन्धडाका अनुसार पूजार्चना र भजनकीर्तनसँगै भक्तका निम्ति दिनभरि प्रसाद वितरणको व्यवस्था गरिएको छ । सामान्यतया सङ्कटमोचन हनुमानको पूजापाठ एवम् हनुमान चालिसा, मन्त्र र स्त्रोत्र पाठ गर्नाले शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने र भूतप्रेत पिशाचले दुःख नदिने जनविश्वास छ ।
Categorized in उपत्यका