STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजमति कुमतिको नारी संस्करण सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक १४, शुक्रबार

नेपालभाषाको चर्चित लोक गीत 'राजमति कुमति जिके वःसा पिरति'को नारी संस्करण हालै सार्वजनिक गरिएको छ ।

प्रमाणित नभए पनि ऐतिहासिक लोकगीतको दर्जामा राखिएको यस गीतलाई जङ्गबहादुरको बेलायत भ्रमणको बेला नेपालको राष्ट्रिय गानका रुपमा बजाइएको थियो भनेर भनिन्छ ।

यो गीत सेतुरामको स्वरमा पनि रेकर्ड गरिएको थियो भने गोल्डेन भ्वाइस अफ नेपाल भनेर चिनिनुहुने महान गायक प्रेमध्वज प्रधानको स्वरमा रेकर्ड गरिएको थियो ।

अहिले यही गीतको नारी संस्करणको रुपमा गायिका अगिना तण्डुकार शाहीको स्वरमा राजमति कुमति गीतको म्युजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा गायिक अगिनाले पनि अभियन गरेकी छिन् भने रोशन शाक्य र दृष्टि जोशीको मुख्य भूमिका रहेको छ । दृष्टिले यसै म्युजिक भिडियोबाट डेब्यु गरेकी हुन् ।

यो म्युजिक भिडियोको निर्देशनको साथमा गीतको रचना पनि पवन जोशीको रहेको छ भने छायाङ्कन र दृश्य सम्पादन राजेश शाक्यले गरेका छन् भने काठमाडौं उपत्यकाको ऐतिहासिक नगरी कीर्तिपुरको विभिन्न स्थानमा गीतको छायाङ्कन गरिएको छ ।

लोक लयमा आधारित गीतको संगीत संयोजन संगीतकार अनिल तुलाधरले गरेका छन् ।

गीत हेर्न यस लिंकमा क्लिक गर्नुहाेला

Categorized in साहित्य-कला