STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजदुत शाक्य इजरायलमा सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर ३०, मंगलबार

इजरायलका लागि  नेपालका  महामहिम राजदूत डा. अन्जान शाक्य “DIPLOMAT OF THE YEAR 2020” अवार्डबाट सम्मानित हुनुभएको छ। एम्बेसडर्स क्लब अफ इजरायलले एक कार्यक्रमको आयोजना गरी उहाँलाई सो अवार्डले सम्मान गरेको हो। अवार्ड केही महिना अघि नै घोषणा गरिएको भएपनि कोरोना महामारीका कारण वितरण भने गरिएको थिएन। 

प्रतिष्ठित ईजरायली संस्था एम्बेसडर्स क्लब अफ इजरायलका का अध्यक्ष राजदुत यित्जाक यल्डान र ईजरायली परराष्ट्र मन्त्रालयको शिष्टाचार विभाग प्रमुख Ambassador Gil Haskel ले संयुक्त रुपमा राजदूत डा. शाक्यलाई अवार्ड प्रदान गर्नुभएको थियो। आफ्नो जुझारुपनका कारण राजदूत डा. शाक्यले ईजरायल आएको छोटो समयमै नेपाललाई ईजरायलमा उल्लेख्य स्थान दिलाउन सफल भएकोले उहाँलाई वर्ष राजदूत अवार्डबाट सम्मानित गरिएको संस्थाले जनाएको छ।

अवार्ड वितरण कार्यक्रममा ईजरायली परराष्ट्र मन्त्रालयको शिष्टाचार विभाग प्रमुख Ambassador Gil Haskel, मन्त्रालयकै Asia Pacific Division का उपप्रमुख Ambassador Michael Ronen, ईजरायलका लागि म्यानमारका राजदूत H. E. Maung Maung Lynn, क्लबका उपाध्यक्ष, Board of Directors, CEO लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा परराष्ट्र मन्त्रालयको Asia Pacific Division का उपप्रमुख Ambassador Michael Ronen ले ईजरायली परराष्ट्र मन्त्री H. E. Gabi Ashkenazi को बधाई सन्देश बाचन गरेर सुनाउनुभएको थियो भने नेपाली राजदूतावासका द्वितीय सचिव अर्जुन घिमिरेले नेपालको परराष्ट्र मन्त्री प्रदिपकुकमार ज्ञवालीको बधाई सन्देश बाचन गर्नुभएको थियो। यसका अतिरिक्त नेपालका लागि ईजरायली राजदूत H. E. Hanan Goder को लिखित बधाई सन्देश बाचन गरिनुका साथै ईजरायलका लागि थाई राजदूत H. E. Pannabha Chandraramya, ईजरायली चर्चित गायिका Ms. Gali Atari, ईजरायली आर्किटेक्ट ईन्जिनियर Dr. Ada Gansach र ईजरायलमा Ph. D. अध्ययनरत नेपाली सबिता देशेमरु को भिडियो सन्देश समेत प्रस्तुत गरिएको थियो।

सम्मानित भएलगत्तै आफ्नो मन्तव्यमा महामहिम राजदूत डा. शाक्यले एम्बेसडर्स क्लब अफ इजरायलका पदाधिकारी लगायत आफूलाई विभिन्न हिसावले सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै अवार्ड आफ्नो मात्रै नभएर सम्पूर्ण नेपालीहरुको गौरवको विषय भएको बताउनुभएको थियो। साथै वहाँले अवार्डले आफूमा जिम्मेवारी बढाएको उल्लेख गर्दै आगामी दिनमा नेपाल-ईजरायल सम्बन्धलाई थप प्रगाढ तुल्याउन अझै मिहिनेतका साथ काम गर्ने विचार व्यक्त गर्नुभयो। कार्यक्रममा महामहिमज राजदुत डा. शाक्यले हिब्रु भाषाको नेपाल सम्बन्धी चर्चित गीत समेत प्रस्तुत गर्नुभएको थियो।

Categorized in व्यक्तित्व