STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रत्यौली र मारुनीमा नाचमा झुमे दर्शक

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ८, मंगलबार

लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा पोखरा महानगरपालिका–२७ डाँडाको नाकमा जारी १६औँ लेखनाथ महोत्सवमा सोमबार रत्यौली, मारुनीलगायतका परम्परागत संस्कृतिमा आधारित नृत्य प्रस्तुत गरिएको छ । महोत्सवमा विभिन्न विद्यालयका तर्फबाट विद्यार्थीका प्रस्तुतिका साथै विभिन्न आमा समूहले प्राचीन मौलिकतामा आधारित प्रस्तुति देखाएका थिए । विद्यालयस्तरीय नृत्यअन्तर्गत लिटल फ्लावर एजुकेशनल एकेडेमी पोखरा–२७ रिट्ठेपानीद्वारा प्रस्तुत परम्परागत ‘पैसा झारे मारुनी’ अन्तर्गतको वारि तुवाँलो, पारि तुवाँलो बोलको गीतको नृत्यले महोत्सवस्थलको माहौल तताएको थियो । महोत्सवमा अमरज्योति गाउँफर्क मावि र लक्ष्मी माविका तर्फबाट पनि सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । त्यस्तै स्याङ्जाली तमु समाजको सांस्कृतिक नृत्य तथा नमूना आमा समूह पोखरा–२५ र खराने ताजा तरकारी कृषक समूह पोखरा–२६ को रत्यौली नृत्यले दर्शकका आकर्षित गरेको थियो । नेपाली समाजमा बेहुलालाई चिटिक्क पारी सिङ्गारेर दुलही लिन पठाएपछि महिलाले मात्र मनोरञ्जनका रुपमा खेलिने रत्यौली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ उक्त नृत्य प्रस्तुत गरिएको हो । महोत्सवमा सोमबार मात्रै करीब एक करोड बराबरको आर्थिक कारोवार भएको सङ्घका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार करीब १० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् । हालसम्म करीब एक लाख १० हजार दर्शकले मेलाको अवलोकन गरेको र रु पाँच करोड ५० लाख बराबरको आर्थिक कारोवार भएको सङ्घका उपमहासचिव तथा प्रचार–प्रसार संयोजक उपेन्द्रराज सुवेदी ९राजु० ले बताउनुभयो । लोकदोहोरीतर्फ प्रजापति पराजुली, कृष्ण रेउले, चोलेन्द्र पौडेल, प्रदीप त्रिपाठी, सीता केसी, मञ्जु विक, काजल गुरुङ, माया गिरीलगायतका कलाकारको प्रस्तुति थियो भने हाँस्यतर्फ चक्लेटी र दारी बाको प्रस्तुति थियो । साँझको लाइभ कन्सर्टमा मिस्टर डि, विन्दु परियार र माया पुनको प्रस्तुतिका साथै मोडल नृत्य प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।
Categorized in सिनेमा