STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रत्नराज्य मा.वि.ले गर्‍यो एसइईमा उत्तीर्ण विद्यार्थीको सम्मान

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण २०, शुक्रबार

काठमाडौं – रत्नराज्य मा.वि., नयाँ वानेश्वर, काठमाडौंबाट यस वर्ष एसइईमा उच्च नतिजा ल्याएका विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको छ । आज शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न एक कार्यक्रमबीच विद्यालयले ती विद्यार्थीलगायत शिशु कक्षादेखि ९ सम्म उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ ।

विद्यालयका निमित्त प्रधानाध्यापक रामाशिष यादवको सभापतित्वमा भएको एक कार्यक्रममा ३.९ जिपिए ल्याएर एसइई उत्तीर्ण गरेका केशवकुमार महतो र रोहित साहलाई विद्यालय उत्कृष्ट घोषणा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. १० का वडाध्यक्ष रामकुमार केसीले विद्यालय टपरहरुलाई नगद पुरस्कार प्रदान गरेका थिए । यसैगरी ३.६५ जिपिए ल्याएर छात्रातर्फ उत्कृष्ट हुने मनिषा दङ्गाललाई पनि प्रमुख अतिथि केसीले नगद एवं पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा एसइई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई पनि टिका र खादा लगाई शुभकामना दिइएको थियो ।

यस वर्ष सो विद्यालयबाट ३२३ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए भने तीमध्ये ४८ जनाले A+ र A नतिजा ल्याएका थिए ।

कार्यक्रममा विषगत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पनि नगद पुरस्कार दिइएको थियो । यस वर्ष विज्ञान विषयतर्फ केशव कुमार महतोले ललितादेवी विज्ञान पुरस्कार र सुष्मा राणा स्मृति विज्ञान पुरस्कार प्राप्त गरे । यसैगरी नेपाली विषयतर्फ काजल शर्मा र पंकज राईले, गणित विषयतर्फ रोहित साह र केशवकुमार महतोले, स्वास्थ्य जनसंख्या तथा वातावरण पुरस्कार केशवकुमार महतो, ऐच्छिक गणितर्फ केशवकुमार महतो र उत्कृष्ट लेखा पुरस्कार आशिक सत्यालले प्राप्त गरेका छन् । उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारका दाताहरु ललिता केसी (विज्ञान), शशीविक्रम राणा (विज्ञान), डा. गिता खरेल (नेपाली), जीवनप्रकाश रेग्मी (गणित), शचिन्द्र कोइराला (स्वास्थ्य), माणिकमान नकर्मी (ऐ. गणित) र सुशिलकुमार केसी (लेखा)ले नगद पुरस्कार प्रदान गरेका थिए ।

यसैगरी, कार्यक्रममा शिशु कक्षा देखि कक्षा ९ सम्म प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्राहरुलाई समेत नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुको मनोबल बढाउन प्रमुख अतिथि केसी, विद्यालयका सहप्रधानाध्यापक दुर्गाप्रसाद भट्ट, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष भरत ढकाल, शिक्षा विभाग वानेश्वर स्रोत केन्द्रका स्रोत व्यक्ति खगराज जोशी, पुरस्कार दाता शशीविक्रम राणालगायतले पनि शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा विद्यालयका सहप्रधानाध्यापिका पवित्रा सुवेदीले स्वागत मन्तव्य दिएका थिए भने शिक्षिका शान्ता आचार्य र कक्षा ९ की छात्रा सृष्टि गौतमले शुभकामना कविता वाचन गरेका थिए । कार्यक्रमलाई शिक्षक सुदर्शन थापाले सञ्चालन गरेका थिए ।

कार्यक्रममा रौनक थप्न कक्षा १० का विद्यार्थीहरुले विविध नृत्य समेत प्रस्तुत गरेका थिए । यसैगरी कक्षा ७ की छात्रा सन्ध्या दाहालले नेपालभाषाको गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए । स्मरणीय छ, काठमाडौं महानगरपालिकाले स्थानीय विषयको रुपमा नेपालभाषा पठनपाठन गराउँदै आएकोमा सो विद्यालयमा पनि नेपालभाषा विषय पठनपाठन हुँदै आइरहेको छ ।

 

Categorized in शिक्षा