STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रजिनको पुरस्कृत मिउजियम पछी सदय सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष २२, बुधबार

नेपालभाषाको शर्टफिल्म " मिउजियम" बाट उत्कृष्टता को दोश्रो पुरस्कार जित्न सफल   रजिन महर्जनको निर्देशनमा बनेको    मगन इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको छोटो चलचित्र 'सदय' सार्वजनिक भएको छ ।  यस चलचित्रमा लक्ष्मीकुमार महर्जन, रजिन महर्जन, सोफिला कार्की, रिशिका महर्जन लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा जमुना महर्जनको लगानी रहेको छ ।

'सदय' ले स्वार्थी मान्छेको कथालाई प्रस्तुत गरेको कुरा निर्देशक महर्जनले बताए । उनको अनुसार आफूले सबैभन्दा बढी विश्वास गरेको साथीले नै आफ्नो स्वार्थको लागि कसरी धोका दिन सक्छ भन्ने कुरालाई चलचित्रमा देखाउने प्रयास गरिएको देखिन्छ ।

गत वर्षको माघमा नै तयार भएको यो चलचित्र कोरोनाका कारण रिलिज रोकिएको थियो । धेरै समय रोकिँदा बासी हुने देखेपछि निर्माण पक्षले चलचित्रलाई  युट्युब मार्फत   सार्वजनिक गरेको हो ।

मगन इन्टरटेन्मेन्टले सामाजिक विषयवस्तुमा निरन्तर छोटो चलचित्र बनाउँदै आएको छ । त्यसैको निरन्तरता स्वरूप यो चलचित्र तयार गरिएको निर्देशक महर्जनले बताए । 

निर्देशक महर्जनकै लेखन तथा सम्पादन रहेको 'सदय' लाई विक्रम महर्जन र निरोज महर्जनले छायाँकारका  रुपमा काम गरेका छन् ।

Categorized in सिनेमा