STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

योमरि बनाउने तरिका

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २६, बिहिबार

चाहिने सामाग्री उम्लेको पानी ः १ लिटर चामलको पिठोः १ केजि मैदा ः १०० ग्राम चाकु,खुवा ः २०० ग्राम तिलको पिठो ः १०० ग्राम किसमिस धूलो ः १०० ग्राम तेल ः एक कचौरा बनाउने तरिका चामलको पिठोमा मैदा हालेर मिश्रण गर्ने अनि तातो पानी राखि तातो तातो नै मुछ्ने । मुछि सकेको पिठोलाई चिसो नहोस सेतो सफा सुति कपडाले छोप्ने । यसो गर्दा पिठोको बाहिरी सतहलाई सुक्न दिदैन । साथै चाकु, खुवा, तिलको पिठो र किसमिस धूलोलाई तातो पानीमा लेदो हुने गरी मिसाउने । यदि यसो गर्दा लेदो भएन भने चामलको पिठो थोरै मात्रामा हाल्ने । पिठोलाई सानो सानो डल्लामा छुट्याउने । हातमा केहि मात्रामा तेल दल्ने । सानो पिठो हातमा लिई अण्डा आकारमा बनाउने एकातिर चुच्चो बनाउने अनि अर्को तिरबाट विस्तारै औलको सहायताले प्वाल बनाउँदै लाने । औंलाको सहायताले पिठोलाई जति सकिन्छ पातलो हुने गरि आकार दिने । त्यसपछि चाकुको लेदोलाई एक चम्चा पिठोको प्वालमा हाल्ने अनि विस्तारै बन्द गर्ने । बन्द गर्ने बेलामा आफूलाई मनपर्ने आकार दिने जस्तै कसैले दुइ सिं राख्छ भने कसैले कचौरा जस्तो बनाउन छ । यो आफ्नो कला देखाउने भएर जसरी आकार दिए पनि हुन्छ । त्यसपछि मःमः को खोरमा बफाउने । बफाइसकेपछि योमरी तयार हुन्छ । योमरी को अर्थ ः यो मनपर्ने अनि मरी रोटी अर्थात् मनपर्ने रोटी हो । स्वास्थ्यको हकमा भन्ने हो भने चिसो मौसमा यसले जिउ तातो राख्नुको साथै यसमा रहेमो पदार्थले रुघा खोकी रोक्न मदत गर्छ ।
Categorized in सिनेमा