STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

योगेश काजी र विजय दर्पणले ल्याए ‘बारीको कर्कलो’ नायिका केकी अधिकारीको आकर्षक अभिनय

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर ६, शनिबार

नेपालको लोकसंगीत फाँटमा अत्यन्तै लोकप्रिय भएको लोकगीत ‘नक्कली साली’ पछि गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजी जोडीको पछिल्लो गीत ‘बारीको कर्कलो ’ हालै सार्वजनिक गरिएको छ । सो गीतमा विष्णु माझी र बाबुकृष्ण परियारको स्वर रहेको छ भने सोही  गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो ।

विजय दर्पणको शब्द, योगेशकाजीको सङ्गीत, गोविन्द पराजुली रेकर्डिस्ट र एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको  ‘बारीको कर्कलो’ बोलको गीतमा निश्चल गुरुङ, सुरज लामिछाने, ज्ञानु परियार र जमुना सोनामको कोरस स्वर रहेको छ ।

राजकुमार मगरको निर्देशन तथा सम्पादन रहेको साे गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारीले अभिनय गरेका छन् । अजय रेग्मीको छायाँकन तथा ड्रोन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ ।  अमेरिकमा बसेर गीतलेखनमा सक्रिय रहेका नाम हो विजय दर्पण । उनका धेरै गीतहरु स्रोता/दर्शकमाझ लोकप्रिय छन् । योगेशसँग विजयको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरुको सहकार्यमा ‘नक्कली साली’ सार्वजनिक भएको थियो भने गीत धेरैले मनपराएका थिए ।

Categorized in साहित्य-कला