STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

युरो कप : इटलीले टर्कीलाई हरायो, आज ३ खेल हुँदै

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २९, शनिबार

युरोकप २०२० को पहिलो खेलमा इटालीले सानदार सुरुआत गरेको छ । टर्कीविरुद्ध ३-० को जित निकाल्दै इटालीले युरोकपमा सानदार सुरुआत गरेको हो ।

शुक्रबार राति भएको खेलको पहिलो हाफ गोलरहीत बराबरीमा टुंगिएको थियो । दोश्रो हाफमा टर्कीका मोरिह डेमिरले आफ्नै पोष्टमा गोल गर्न पुगे । सोही गोलबाट इटालीले टर्कीविरुद्ध अग्रता लियो ।

खेलको ६५ औँ मिनेटमा इटालीका सेन्टर फरवार्ड सिरो इमबोलेले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए ।

इटालीका लरेन्जो इन्सिनले खेलको ७९ औँ मिनेटमा गरेको गोलले इटालीलाई सहज जित दिलाउँदै खेल ३-० को नतिजामा पुर्‍याएका थिए ।

जितसँगै इटालीले ३ अंक जोडेको छ ।

आज ३ खेल

युरोकप फुटबल अन्तर्गत आज तीन खेल हुँदै छन् । १६औँ संस्करणको युरोकपमा आज समूह एको एक र समूह बीको दुई खेल हुने छन् ।

समूह ए अन्तर्गत आज साँझ पौने ७ बजे बाकुमा वेल्सविरुद्ध स्विट्जरल्यान्ड मैदानमा उत्रने छ ।

त्यस्तै राति पौने १० बजे समूह बीका डेनमार्क र फिनल्यानले कोपनहेगनमा प्रतिस्पर्धा गर्ने छन् । राति पौने १ बजे सेन्ट पिटर्सवर्गमा हुने खेलमा समूह बी कै बेल्जियम र रुस भिड्नेछन् ।

Categorized in खेलकुद