STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

युरोकप २०२० : स्पेन बराबरीमा रोकियो, स्लोभाकिया र चेकरिपब्लिक विजयी

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १, मंगलबार

युरोकप २०२० मा उपाधिको दाबेदारका मानिएको स्पेन पहिलो खेलमा स्विडेनसँग बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा स्विडेनले स्पेनलाई गोलरहीत बराबरीमा रोकेको हो ।

खेलको पहिलो हाफदेखि नै स्पेनले बललाई आफ्नो नियन्त्रणमा राखेको थियो । धेरै पटक गोल गर्ने अवसर बनाएको स्पेनले राम्रो प्रहार गर्न नसक्दा गोलविहीन बन्नु परेको हो । स्पेनका खेलाडीको प्रहार निकै फितलो देखिएको थियो ।

स्पेनका लागि यस सिजनका नयाँ खेलाडीको वर्चश्व देखिएको छ । खेलमा अनुभवी खेलाडी नभएकै कारण पनि स्पेन गोलबाट वञ्चित रह्यो ।

स्पेनका कप्तान सर्जियो बुस्केट्स कोरोना संक्रमणका कारण खेलमा सामेल थिएनन् ।

स्विडेनका खेलाडीले राम्रो डिफेन्स बनाएका थिए । उनीहरू गोल गर्ने भन्दा पनि स्पेनलाई गोलबाट रोक्ने प्रयासमा देखिन्थे ।

समूह ‘ई’ अन्तर्गतको यस खेलबाट दुबै टिमले १-१ अंक बाढेका छन् । समूह ‘ई’को शीर्ष स्थानमा पोल्याण्डलाई हराएको स्लोभाकियाले स्थान बनाएको छ ।

आत्मघाती गोल र रेडकार्ड बन्यो पोल्यान्डको दुर्भाग्य

युरोकप २०२० सिरिजमा पोल्यान्डका खेलाडी गोज्योगोर्स क्रेकोवियाकले पहिलो रेडकार्ड पाएका छन् ।

सोमबार राति स्लोभाकियाबिरुद्ध भएको खेलमा उनले दुई पटक फल गरेपछि रेफ्रीले रेडकार्ड दिएका थिए ।

खेलमा स्लोभाकियाले २-१ को जीत हात पारेको छ । खेलको पहिलो गोल पोल्यान्डका गोल किप्पर वेज्चुच स्टाज्नीले १८ औँ मिनेटमा आफ्नै पोष्टमा छिराएका थिए ।

स्लोभाकियाका पियोट्र जिलिन्सकीले प्रहार गरेको गोल पोलमा लागेर फिर्ता भएको थियो । सोही बल किप्पर स्टाज्नीको टाउकोमा लागेर जाली चुम्न पुगेको थियो ।

दोस्रो हाफको पहिलो मिनेट अर्थात् ४६ ‍औँ मिनेटमा नै पोल्यान्डका करोल लिनेटीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलको ६२ औं मिनेटमा क्रेकोवियाक रोडकार्ड पाएर बाहिरिएपछि पोल्याल्याण्ड १० खेलाडीमा सीमित हुन पुगेको थियो । जसको भरपूर फाइदा उठाउँदै स्लोभाकियाले ६९ औँ मिनेटमा थप गोल गर्न सफल रह्यो ।

स्लोभाकियाका लागि मिलन स्क्रिनियरले जीतको निर्णायक गोल गरेका थिए ।

खेलको अन्तिम समयसम्म पोल्यान्डले धेरै मैका बनाएको थियो । तर, कुनै पनि मौकालाई गोलमा परिणत गर्न सकेको थिएन । पोल्यान्डका लागि दुर्भाग्य भनेको नै आत्माघाती गोल र रेडकार्ड हुन पुग्यो । समूह ‘ई’ अन्तरगतको यस खेल जित्दै स्लोभाकियाले ३ अंक जोडेको छ ।

स्कटल्यान्डविरुद्ध चेक रिपब्लिकको जित

युरोकप २०२० अन्तर्गत समूह चरणको खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई पराजित गरेको छ । स्कटल्यान्ड चेक रिपब्लिकसँग २-० गोल अन्तरले पराजित भयो ।

पहिलो हाफको ४२औँ मिनेटमा चेक रिपब्लिकका पट्रिक सिकले पहिलो गोल गर्दै खेलमा अग्रता बनाएका थिए । दोस्रो हाफको ५२औँ मिनेटमा पाट्रिकले नै दोस्रो गोल गरे ।

युरोकप २०२० मा एकै खेलमा दुई गोल गर्ने उनी दोस्रो खेलाडी हुन् । यसअघि बेल्जियमका रोमेरु लुकाकुले रसियाबिरुद्ध एकै खेलमा दुई गोल गरेका थिए ।

खेलमा स्कटल्याण्डले राम्रो पोजिसन बनाएको थियो । धेरै पटक उसले गोलको मैका पाएको थियो । बिडम्बना, स्कटल्याण्डले प्रहार गरेको कुनै पनि बल चेक रिपब्लिकको पोष्टमा छिरेन । स्कटल्याण्ड राम्रो खेल खेल्दाखेल्दै हार बेहोर्न पुग्यो ।

खेलमा विजय हासिल गरेसँगै चेक रिपब्लिकले ३ अंक पाएको छ । चेक रिपब्लिकले समूह ‘डी’को शीर्ष स्थानमा आफूलाई स्थापित गर्न सफल देखिएको छ ।

आज दुई खेल

युरोकप २०२० अन्तर्गत आज दुई खेल हुँदै छन् । आज समूह एफ अन्तर्गतका दुई खेल हुने भएका छन् ।

आज साँझ पौने ७ बजे बुडापेस्टमा हंगेरीविरुद्ध पोर्चुगल मैदानमा उत्रँदै छ ।

त्यस्तै राति पौने १० बजे म्युनिखमा फ्रन्सविरुद्ध जर्मनीले प्रतिस्पर्धा गर्ने छ ।

Categorized in खेलकुद