STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

युरोकप २०२० : इटाली र स्पेन सेमिफाइनलमा

Janjati Khabar – एजेन्सी | २०७८ आषाढ १९, शनिबार

इटाली र स्पेन युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई पराजित गर्दै इटाली सेमिफाइनलमा प्रवेश गरेको हो ।

इटालीले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । खेलको ३१औँ मिनेटमा इटालीका निको बरेल्लाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ४४ मिनेटमा इटालीका लोरेन्जो इन्सिग्नेले गोल गरे । यो गोलसँगै पहिलो हाफमा इटालीले २-० को अग्रता लिएको थियो ।

खेलको इन्ज्युरी समयमा बेल्जियमका रोमेलु लुकाकुले पेनाल्टीमा गोल गरे पनि टिमलाई हारबाट बचाउन भने सकेनन् ।

यसैगरी स्विट्जरल्यान्ड र स्पनबीच भएको खेलमा स्पेनले स्विट्जरल्यान्डलाई पराजित गरि सेमिफाइनल यात्रा तय गरेको छ ।

खेलको सुरुआति ८ मिनेटमा नै स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाति गोल गर्दै स्पेनका लागि अग्रता दिलाएका थिए । स्पेनका डिफेन्डर जोर्डी अल्बाले हानेको प्रहार जाकारियाको खुट्टामा ठोकिएर गोल हुन पुगेको थियो ।

दोस्रो हाफको ६८औँ मिनेटमा स्विट्जरल्यान्डका कप्तान जोर्डन शाकिरीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

खेलको ७७औँ मिनेटमा रेमो फ्रेउलरले रेडकार्ड पाएर मैदान बाहिरिएपछि स्विस टिम १० खेलाडीमा सीमित हुन परेको थियो । फ्रेउलरले स्पेनका मोरेनोमाथि फल गरेका कारण रेफ्रीले उनलाई सिधा रेडकार्ड दिएका थिए ।

खेलको ९०औँ मिनेटसम्म स्पेन र स्विट्जरल्यान्ड १-१ गोलमा रोकिएका थिए । अतिरिक्त ३० मिनेटको समयमा पनि दुबै टिमबाट गोल हुन सकेन । अन्तत: क्वाटरफाइनलको पहिलो खेल नै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा स्विट्जरल्यान्डले ४ प्रहारमा १ गोल गर्न सक्यो भने स्पेनले ५ प्रहारमा ३ गोल गर्दै खेलमा जित निकालेको हो ।

Categorized in खेलकुद